१४ सुुत्केरीको उद्धार

काठमाडाैं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत बन्दाबन्दीको दुई महिनाको अवधिमा प्रसूूति व्यथा लागेर अलपत्र परेका १४ महिलाको उद्धार गरी अस्पताल पु¥याइएको छ । सो कार्यक्रम अन्तर्गत जोखिममा परेका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरिँदै आइएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले दुर्गम क्षेत्रका गर्भवती एवं प्रसूतिका लागि स्वास्थ्य संस्थामा लैजान समस्यामा परेका महिलाको उद्धार प्राथमिकता साथ गरिँदै आएको जानकारी दिनुभयो । उन्ले मातृशिशु मृत्युदर कम गर्न व्यवस्था गरिएको सो कार्यक्रमबारे स्थानीय तहले सक्रियता बढाउनुपर्ने बताए।

राष्ट्रपति महिला उत्थान कार्यक्रमकी प्रमुख अञ्जु ढुङ्गानाका अनुसार सो कार्यक्रम कार्यान्वयन पछिको २१ महिनामा २०३ गर्भवती एवं प्रसूति व्यथा लागेका महिलाको उद्धार गरिएको छ ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमको कार्यविधि पारित भएको तीन महिनापछि हुम्लाको चङ्खेली गाउँपालिका–४ की २२ वर्षीया नीरा शाहीको पहिलो उद्धार गरिएको थियो ।गोरखापत्रमा खबर छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.