रौतहट । प्रदेश २ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जीतकारको नाम लिएर पैसा उठाउने एक महिलालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहट स्रोतका अनुसार डीआईजी रञ्जीतकारको नाममा प्रहरी स्कुल गरुडामा शिक्षक पदमा स्थायी गराईदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो विभिन्न सञ्चार माध्यामले प्रसारित गरेपछि सर्लाहीकी सुशीला थापा दाहाललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सुशीलालाई सर्लाही प्रहरीको सहयोगमा रौतहटस्थित नेपाल पुलिस स्कुलमा बोलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
यसअघि सुशीलाले रौतहटको गरुडास्थित नेपाल पुलिस स्कुलमा खाली रहेको शिक्षक पदमा स्थायी नियुक्ति दिलाइदिने भन्दै डीआईजी रञ्जीतकारको नाम लिँदै पैसामा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो ।




Facebook Comments