भारतकै शैलीमा सैन्य अभ्यास गर्न चीन सक्रिय, राजदूत र प्रधानसेनापतिबीच भेटवार्ता

काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

बुधबार जंगी अड्डामा भएको भेटवार्तामा नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास, सैनिक सहायतालगायत विषयमा छलफल भएको सैनिक स्रोतले बताएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यासको रोकिएको छ । संयुक्त सैन्य अभ्यासको मिति तय हुन नसकेको अवस्थामा चिनियाँ राजदूत यान्छी र प्रधानसेनापति शर्माबीच भएको भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

यता, भारत उत्तराखण्डको पिथौरागढमा भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास जारी छ । ४ गतेबाट सुरु भएको नेपाल र भारतबीच सैन्य अभ्यास १३ गतेसम्म सञ्चालन हुनेछ । नेपाल र भारतीय सेनाबीच हुने संयुक्त सैन्य अभ्यासलाई ‘अभ्यास सूर्य किरण’ को नाम दिइएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.