रुपा सुनारको मुद्दाले लियो नयाँ मोड, घरबेटीविरुद्ध अदालतले सुनायो यस्तो फैसला

काठमाडौं । सञ्चारकर्मी रूपा सुनारलाई जातको आधारमा घर भाडामा नदिने घरबेटी सरस्वती प्रधानलाई एक लाख १५ हजार रूपैयाँ धरौटी तिर्न आदेश दिइएको छ। जिल्ला अदालत काठमाडौंले बुधबार यस्तो आदेश दिएको हो।

न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले उनलाई धरौटी तिर्न आदेश दिएको हो। सरकारी वकिल कार्यालयले केही दिनअघि नै मुद्दा दायर गरे पनि बुधबार मात्रै घरबेटी प्रधान अदालतमा हाजिर भएपछि थुनछेक बहस गरी धरौटी तिर्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले बताए।

गत असार १ गते कोठा हेर्न गएकी सुनारले आफू कामीकी छोरी भएको बताएपछि घरबेटी प्रधानले कोठा दिन अस्वीकार गरेकी थिईन्। घरबेटी प्रधानबाट आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले प्रधानविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

प्रहरीले घरबेटी प्रधानमाथि अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेश गरे पनि सरकारी वकिल कार्यालयले थप अनुसन्धान गर्नु भन्दै प्रतिवेदन फिर्ता पठाएपछि प्रधान थुनामुक्त भएकी थिइन्।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.