अफगानिस्तानका गृहमन्त्री हक्कानी : जो छन् मोस्ट वान्टेड सूचीमा

एजेन्सी । तालिबानले अफगानिस्तानमा भावी सरकारका लागि कार्यवाहक मन्त्रीहरुको घोषणा गरेको छ। तालिबानले हाललाई १६ सदस्यीय केयर टेकर मन्त्रिपरिषद्को मात्रै घोषणा गरेको हो।

तालिबान सरकारको प्रमुखमा मुल्लाह हस्सान अखुन्द रहेका छन्। सरकारको उपप्रमुखमा मुल्लाह बरादर र मलवी हन्नाफी रहेका छन्।त्यस्तै, रक्षाको जिम्मेवारी मुल्लाह याकोब र गृहमन्त्रालयको जिम्मेवारी सेराजुद्दिन हक्कानीलाई दिइएको छ।

कार्यवाहक गृहमन्त्रीको जिम्मा पाएका हक्कानी एफबिआइको मोस्ट वान्टेड सूचीमा समेत रहेका छन्। उनीबारे सूचनामात्र दिनेलाई एक करोड अमेरिकी डलर दिने घोषणा गरेको थियो। हक्कानी र उनका बुवा मिले सन् २००८ मा काबुलस्थित भारतीय दूतावासमा हमला गरेको भास्कर अनलाइनले जनाएको छ। उक्त हमलामा परी ५८ जनाको ज्यान गएको थियो।

तालिवानभित्र विभिन्न गुटहरु रहेको बताइएको छ। यसै गुटमध्ये हक्कानी नेटवर्क तालिवानभित्रको एक गुट रहेको बताइएको छ। तालिवानले सत्ता प्राप्त गर्न गरेको संघर्षमा हक्कानी नेटवर्कले दिलोज्यान दिएकाले उनलाई पुरस्कारस्वरुप गृहमन्त्री पद दिएको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.