लिफ्ट दिएका चालकलाई ढुंगाले हानेर बेहोस बनाई १३ लाख लुटपाट गर्ने व्यक्ति पक्राउ

उदयपुर । उदयपुरस्थित कटारी नगरपालिका-८ बर्मीस्थित जंगलमा लिफ्ट दिएका गाडी चालकलाई ढुंगाले हानेर बेहोस बनाई लाखौं रुपैयाँ लुटपाट गर्ने व्यक्ति २ घन्टामै पक्राउ परेका छन्।

पक्राउ पर्ने ओखलढुङगा चिसंम्खु गाउँपालिका-३ का ५४ वर्षीय रमेश कुमार श्रेष्ठ रहेका छन्। मंगलबार बेलुका ५ बजे उदयपुर कटारी नगरपालिका-४ का २५ वर्षीय प्रकाश श्रेष्ठले चलाएको प्रदेश २-०१-००१ च ०३६९ नम्बरको बोलेरोमा ओखलढुंङगा खाद्यान्न पुराई काटारीतर्फ आउने क्रममा रमेशले आफू ‍पनि ब्यापारी भएको र सामान लिन कटारी जाने भनि उक्त गाडिमा लिफ्ट मागी आएका थिए।

आउने क्रममा बर्मी जंङगलमा पिसाब फेर्न बाहिर निस्किएका प्रकाशलाई रमेशले पछाडिबाट ढुङगाले गर्धनमा हानी बेहोस बनाइ प्रकाशको साथमा रहेको १३ लाख ७७ हजार ८ सय ९५ रुपैयाँ र मोबाइलसमेत लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ। केही समय पश्चात होसमा आएपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए।

खबर पाउनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ गबुवा जंगलबाट बेलुका ७ बजे लुटपाटमा संलग्न रमेशलाई लुटपाट गरेको नगद र मोबाइलसहित पक्राउ गरेको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.