सशस्त्रका दुई एसएसपी डीआईजी बढुवामा सिफारिस

काठमाडौं। गृह मन्त्रालय, बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरीमा रिक्त रहेको दुई डीआईजी पदमा बढुवाका लागि दुई जना एसएसपीको नाम सिफारिस गरेको छ।

मंगलबार बसेको सशस्त्र प्रहरीको बढुवा समिति र गृहको संयुक्त बैठकले एसएसपीद्वय कालिदास धौवजी र कुमार न्यौपानेलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको बैठकले सिफारिसको निर्णय गर्दै बढुवाउपर कुनै उजुरी भए ७ दिनभित्रमा समितिमा दिन भनिएको छ ।