२ दिन भित्र हस्ताक्षर फिर्ता लिन नेपाल पक्षलाई ओलीको निर्देशन

Madhav Kumar Nepal photo:Kiran Panday

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका सासंदहरूलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन्।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले देउवाका पक्षमा हस्ताक्षर गर्नेहरूलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन् ।

कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २६ सांसदले राष्ट्रपति कार्यालयमा हस्ताक्षर बुझाएका छन् भने सर्वोच्च अदालतमा २३ जनाले हस्ताक्षर गरेका छन्। यद्यपी आजको केन्द्रीय कमिटीको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष उपस्थित भएको छैन।

Facebook Comments