नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कति पुग्यो?

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै हालसम्म कोरोना संक्रमितको संख्या ६ लाख ६८ हजार २२१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोमबार स्वास्थ्य मन्त्रालयका अनुसार अनुसार गत २४ घण्टामा ६ हजार ६४८ जनाको पीसीआर र ४ हजार ९९२ जनाको एन्टीजेन बिधिबाट परिक्षण गर्दा क्रमश: १,५०९ र ९३५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ८५३ जना निको भएर घर फर्केका छन् । यसैगरी, गत २४ घण्टामा ४२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसंगै नेपालमा हाल कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ।

यसअघि हिजो १,९२० जनामा कोरोना पुष्टि हुँदा ३,००७ जना संक्रमण मुक्त भएका थिए भने ३४ जनाको मृत्यु थियो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.