कोरोना संक्रमण घटेको छ तर जोखिम हटेको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण दर घटेको तर जोखिम भने अझै कायम रहेकोभन्दै सम्पूर्ण नागरिकहरुमा सजग रहन आग्रह गरेको छ।

सोमबार मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमण घटेको तर जोखिम हटेको छैन है भन्दै सजग रहन सम्पूर्णमा आग्रह गरेको हो।

‘हाल निषेधाज्ञा खुकुलो भएपनि संक्रमणको जोखिम उत्तिकै छ र सावधानी अपनाउनु अन्त्यन्त जरुरी छ, त्यसैले कम नपरी घर बाहिर ननिस्कौं।’ मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

यस्तै, विज्ञप्तिमा ‘घर बाहिर जाँदा नाक,मुख र चिउडों छोपिने गरेर मास्क लगाउने, घर आउने बित्तिकै साबुनपानीले मिचिमिची हात धुने,नियमित बाहिर जानु छ भने परिवारसँग सकेसम्म घुलमिल नहुने, साथीलाई भेट्दा हात नमिलाउने र घरबाहिर गएर फर्केपछि नुहाउन आग्रह गरिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.