कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण, तीन जना पक्राउ

दोलखा । कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ ।

गएराति जिल्लाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको काेभिड-१९ अस्थायी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई युवाहरुको समूहले कुटपिट गरेको हो ।

अस्पतालका कार्यालय सहयोगी टोपबहादुर मिजारका अनुसार जाँडरक्सी खाएर आएका युवाहरुको समूहले डाक्टर कार्कीलाई कुटपिट गरेको र आफू भने भागेर अस्पताल भवनभित्र चुकुल लगाएर ज्यान जोगाएको उनले बताए।

घटनामा संलग्न तामाकोशी गाउँपालिका मालुका गोपाल तिमल्सिना, रोशन पोखरेल र बिजुली नेपालीलाई पक्राउ गरी अनुसन्धान थालिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

Facebook Comments