उपत्यकाका सीडीओहरुको बैठक, निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी

काठमाडौँ । उपत्यकाका जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा पुनः एक साता थप गर्ने तयारी गरिएको छ । पछिल्लो साता निषेधाज्ञालाई केही खुकुलो गरिए पनि कोरोना भाइरस संक्रमण दर नघटेको निष्कर्ष निकाल्दै उपत्यकाका तीनै जिल्ला प्रशासनले पुनः एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेका हुन् ।

आज बेलुकी बस्ने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा अवधि एक साता थप गर्ने तर, कुन–कुन क्षेत्रलाई कडाइ र खुकुलो गर्ने भन्ने बारे निर्णय भइनसकेको बताइएको छ।

उच्च स्तरीय स्रोतका अनुसार उपत्यकामा कोरोना संक्रमण दर घटिनसकेको र अहिल्यै निषेधाज्ञा खोलिए अवस्था भयवह हुन सक्ने र थप एक साता भने निषेधाज्ञा थप गर्ने अनौपचारिक निर्णय भएको छ । आज तीनै सीडीओको संयुक्त बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गर्ने बताइएको छ।

पछिल्लो साता निजी सवारीमा जोर/बिजोर प्रणालीअन्तर्गत साधन चलिरहेका छन् तर, सार्वजनिक यातायात भने बन्देज अवस्थामा छन् । यस विषयमा सार्वजनिक यातायात सञ्चालन गर्न दिनहुँ यातायात व्यवसायीको माग आइरहेको सीडीओहरुको भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.