यी हुन् आज बन्न लागेका ८ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । अपराह्न ४ बजे मन्त्रीहरुको सपथ तय भएको छ ।

एमाले स्रोतका अनुसार पूर्व माओवादी खोमाबाट दुईमन्त्री भएका छन् । वादलपत्नी नैनकला थापालाई सञ्चार र ज्वालाकुमारी साहलाई कृषिमन्त्री बनाउन लागिएको एक नेताले बताए ।

कृषिमन्त्री नियुक्त भएकी साह भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका कारण प्रदेश २ को प्रदेशसभा सदस्यबाट पदमुक्त भएकी थिइन् । संघ सरकारमा प्रदेश २ बाट थप २ जना मन्त्री बन्दै छन् । जसमा प्रदेश २ बाट २ जनासहित ८ जना मन्त्री बन्न लगेका हुन् ।

स्रोतका अनुसार गृह मन्त्रीमा खगराज अधिकारी नियुक्त हुन लागेका छन् । यसैगरी, नैनकला थापा–सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह–कृषि मन्त्री, नारदमुनी राना–वनमन्त्री, मोहन बाँनिया–विना विभागीय, राजकिशोर यादव–उद्योग मन्त्री, गणेश पहाडी– सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन् ।

सिन्धुलीबाट निर्वाचित पहाडी माधव नेपाल समूहभित्र पनि योगेश भट्टराई निकट मानिन्छन् । प्रतिनिधिसभा विघटन खारेज गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमा पनि पहाडीले हस्ताक्षर गरेका थिएनन् ।

Facebook Comments