चीनले संसारभरी विध्वंस मच्चाएको भन्दै ट्रम्पले मागे १० ट्रिलियन डलर क्षतिपूर्ति

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुनः कोरोनाभाइरसको विषयमा चीनमाथि निशाना साँधेका छन् ।कोरोनाभाइरसको ल्याब लीक थ्योरीमाथि बढ्दो चर्चाका बीच ट्रम्पले भने, ‘अब सबैले, यहाँसम्म कि तथाकथित दुश्मनले पनि मान्न थालेका छन् कि ट्रम्प चाइना भाइरस ऊहानको ल्याबबाट लीक भएको विषयमा सही थिए ।’

ट्रम्पले भनेका छन्, ‘चीनले अमेरिका र संसारभरी जति विध्वंस मच्चाएको छ त्यसका लागि उसले १० ट्रिलियन डलर क्षतीपूर्ति दिनुपर्छ ।’ उनले आफ्नो बयानमा भने, ‘डाक्टर फाउची र चीनबीच जे जति कुराकानी भएको छ, त्यसलाई कसैले पनि नजरअन्दाज गर्न सम्भव छैन ।’

पूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसलाई ‘चिनियाँ भाइरस’ र ‘ऊशान भाइरस’ भन्ने गर्छन् । चीनले यो विषयमा कडा आपत्ति जताएको थियो र यसलाई जातीवादी बताएको थियो । यस वर्षको सुरुवातमा विश्व स्वास्थ्य संगठनको एक समूह महामारीसँग सम्बन्धित तथ्यबारे पत्ता लगाउन ऊहान गएको थियो ।

यद्यपि, मार्चमा आफ्नो रिपोर्ट जारी गरेर डब्ल्यूएचओले कोरोनाभाइरस ऊहानको प्रयोगशालाबाट संसारभरी फैलिएको थियो भन्ने कुरालाई पुष्टि गर्न पर्याप्त तथ्य फेला नपरेको बताएको थियो ।

चीनमाथि अनुसन्धानमा विश्व स्वास्थ्य संगठनको समूहलाई सहयोग नगर्न र ऊहान प्रयोगशालासँग सम्बन्धित जानकारी लुकाएको आरोप पनि लागिरहन्छन् । बीबीसी

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.