सप्तरी । देशमा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप सात हजार ४४८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ जना पुगेको छ । छिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।
आजसम्म २५ लाख ६० हजार ७३४ जनाको पिसीआर परिक्षण भएको छ । हाल तीन हजार ८६९ आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।
