आज देशभर ७४४८ जनामा कोरोना संक्रमण

काठमाडौं ‍। नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

१६ हजार ६ सय ५८ जनाको पिसिआर र ५१८ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा सात हजार ४४८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ५४ हजार ४१ जना सक्रिय संक्रमित छन्। हाल २१२ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा दुई हजार २१ जना उपचारपछि डिस्चार्ज भएका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.