काठमाडाैं उपत्यकामा थपिए ३ हजार ५९५ कोरोना संक्रमित

काठमाडाैं । काठमाडाैं उपत्यकामा एकै दिन ३ हजार ५९५ काेराेना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ७४४, भक्तपुरमा ३०१ र ललितपुरमा ५५० गरी ३५९५ काेराेना संक्रमित थपिएका हुन्।

याे संख्या अहिलेसम्म कै उच्च हाे।

शनिबार काठमाडाैं उपत्यकामा २ हजार ४९५ काेराेना संक्रमित थपिएका थिए। हिजाे काठमाडाैंमा १९३२, भक्तपुरमा २०८ र ललितपुरमा ३५५ गरी २४९५ काेराेना संक्रमित थपिएका हुन्।

यस्तै, शुक्रबार काठमाडाैं उपत्यकामा २९५६ काेराेना संक्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार शुक्रबार काठमाडाैंमा २४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ गरी १५६० काेराेना संक्रमित थपिएका हुन्।

आज देशभर थप ७ हजार १३७ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर विधिबाट ७१३४ र एन्टिजेन विधिबाट ७४ जनामा संक्रमण पुष्टि भएको हो।

शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए। एकै दिनमा यो रेकर्ड तोडिएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ।

यही अवधिमा थप १ हजार ६१२ जना काेराेना संक्रमणमुक्त भएका छन्। नेपालमा हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमित निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ। हालसम्म ३३ सय २५ जनाले ज्यान गुमाइसकेका छन्।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.