दक्षिण कोरियामा चकलेट र टोपी चोर्ने पाकिस्तानी कूटनीतिज्ञहरु पक्राउ

एजेन्सी। दक्षिण कोरियामा पाकिस्तानका दुई कूटनीतिज्ञहरु पक्राउ परेका छन्।

उनीहरु चकलेट र टोपी चोर्दै गरेको अवस्थामा पक्राउ परेका हुन्।

एक अधिकारीले फेब्रुअरी २३ मा टोपी र अर्काले जनवरी १० का दिन चकलेट चोरेका थिए।

मिडिया रिपोर्टअनुसार ती कूटनीतिज्ञहरु सियोलको योङसनस्थित स्टोरबाट चोरी गर्दै गर्दा पक्राउ परेका हुन्।

ती वस्तुको मूल्य ११.७० डलर पर्ने स्टोरले बताएको छ। चोरी गर्ने कूटनीतिज्ञहरुको नाम सार्वजनिक गरिएको छैन।

By नेपाल सत्य

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.