देशभर थप चार हजार ८३१ जनामा देखियो सङ्क्रमण

सप्तरी । देशमा थप चार हजार ८३१ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप चार हजार ८३१ सङ्क्रमित जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या तीन लाख १७ हजार ५३० जना पुगेको छ । अहिलेसम्म २३ लाख ८१ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हाल आईसीयुमा तीन सय ३७ जनार भेन्टिलेटरमा एक सय ७ जना विरामी रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments