सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप १८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३१ सय ६४ पुगेको छ । देशमा आज थप तीन हजार ३२ कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
देशभर कुल संक्रमितको संख्या तीन लाख ११९ जना पुगेको छ। आज देशभर ४५० जना संक्रमण मुक्त भएका छन् । हाल ६९ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
