भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६ सय

काठमाडाैं । भारतको सबैभन्दा ठूलो खोप निर्माता सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपकाे नयाँ मूल्यसूची सार्वजनिक गरेकाे छ।

भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।

यस्तै, निजी अस्पताललाई ६०० रुपैयाँमा प्रतिडोजमा खोप बेच्ने कम्पनिले जनाएकाे छ। यसअघि केन्द्र सरकारले मात्रै खोप खरिद र वितरणको काम गर्दै आएको थियो। अब भने भारतमा निजी अस्पताल र प्रदेश सरकारले खोप खरिद गरेर लगाउन सक्ने छन्।

उत्पादन भएकोमध्ये ५०% खोप अझै पनि केन्द्र सरकारले नै राख्ने छ भने बाँकी खोप मात्रै प्रदेश सरकार र निजी अस्पताललाई कम्पनीले बिक्री गर्न पाउने छन्। नेपाल सरकारले पनि यही खाेप वितरण गर्दै आएकाे छ। सरकारले प्रतिडोज ४ डलरमा २० लाख डोज खोप खरिदकाे थियाे।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.