कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको छ ।

पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या तीन हजार ९१ पुगेको छ । देशमा आज थप १ हजार २२७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ । आज देशभर २५५ जना संक्रमण मुक्त भएका छन् । हाल ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments