देशमा थप १२२७ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप १२२७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप १२२७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८५ हजार ९०० जना पुगेको छ । अहिलेसम्म २३ लाख ५२ हजार ५०२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

हाल ७ हजार २५४ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको र ८१ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

Facebook Comments