देशमा थप ८३६ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।

पछिल्लो चौबीस घण्टामा थप ८३६ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ८२ हजार ८०९ जना पुगेको छ । आज देशभर २०८ जना संक्रमण मुक्त भएका छन् ।

हाल ५ हजार ८ जना आइसोलेशनमा र ७७ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।