नेकपा एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खोसिने

    काठमाडौं । नेकपा एमालेका चारजना मन्त्रीको सांसदको पद खोसिने भएको छ ।

    प्रतिनिधिसभाको आज बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसदको पद खोसिने जनाइएको हो ।

    माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीले पार्टी परित्याग गरेको जानकारी दिए । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुनेछन् ।

    चारैजना मन्त्री छन् । सांसद पद खारेज भएपछि उनीहरुको मन्त्री पद पनि जानेछ ।

    Facebook Comments