‘निजामति प्रशासन प्रक्रियामुखी भयो’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामति प्रशासन प्रक्रियामुखी भएको बताएका छन् ।

बुधबार सिंहदरबारमा आयोजित नेपाल सरकारका सचिवबीच निजामति सेवाका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासन ‘झिङ्गे टसाई’ सोचबाट मुक्त हुन नसकेको टिप्पणी गरेका हुन्

।’निजामति प्रशासन अझैं ‘झिंगे टसाईु सोचबाट मुक्त हुन सकेको छैन,’ उनले भने, ‘यसलाई विराशत पाउन नसकेको भनिएता पनि समयको गतिसँगै प्रशासन परिवर्तन हुन सकेन।’ निजामति प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिएको उनको भनाइ छ। ‘हामी परिणामभन्दा पनि प्रक्रियामुखी भएर सेवा प्रवाह गर्ने कोशिस गरिरहेका छौं।

जसले एउटा विडम्बना परिणाम हाम्रो अगाडि निरन्तर लिइरहेको छ। बढ्ने भन्दा पनि अड्ने कुरामा ध्यान दिएजस्तो लाग्छ’ उनले भने।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.