सप्तरी । देशमा थप १२८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
पछिल्लो चौबीस घण्टामा थप १२८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ७७ हजार ७६८ जना पुगेको छ । हालसम्म दुई लाख ७३ हजार १२३ जना सङ्क्रमित निको भइसकेका छन् ।
हाल क्वारेन्टिनमा ५९ जना छन् भने आइसोलेसनमा एक हजार ६१३ जना रहेका मन्त्रालयले जनाएको छ ।












Facebook Comments