काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र बाबुराम भट्टराईविरूद्ध मुद्दा चलाउन माग गर्दै परेको रिटमाथि सर्वोच्चमा पेशी चढेको छ।
सोमबार न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको इजलाशमा सुनुवाइ सुरू भएको हो। उक्त रिट सुनुवाइको पहिलो नम्बरमा सुनुवाइ भइरहेको छ।
सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसमेत मुछिएको बालुवाटारस्थित ललिता निवास जग्गा काण्डको मुद्दामा प्रमाण बुझ्न आदेश दिएको छ।
न्यायाधीशहरू डा। आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले गत फाउन २ गते ललिता निवास काण्डको प्रमाण माग्ने आदेश दिएको थियो ।
ललिता निवास परिसरको जग्गा विक्री प्रकरणमा मुछिएर पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालविरूद्ध मुद्दा नचलाइएपछि सर्वोच्चमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगविरूद्ध मुद्दा परेको थियो।
सर्वोच्चले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईको क्याबिनेटले गरेका निर्णयसहितका प्रमाणहरु पेश गर्न भनेको थियो ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई र माधवकुमार नेपाललाई मुद्दा चलाएको विषयमा रिट निवेदन हालेका थिए।
वरिष्ठ अधिवक्ता न्यौपानेले २०७६ माघमा रिट हालेका थिए।




Facebook Comments