५४ देशमा रहेका ६३ हजारभन्दा बढी नेपालीमा कोरोना पुष्टि

काठमाडौं। गैरआवासीय नेपाल संघले हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।

संक्रमितमध्ये ६१ हजार नौसय ८० जना कोरोनामुक्त भइसकेका र यो दर ९६ दशमलव ८ प्रतिशत रहेको छ।

नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुईलाख ७६ हजार ७ सय ५० रहेको छ। संक्रमितमध्ये दुईलाख ७२ हजारभन्दा बढी कोरोनामुक्त भैसकेका छन्।

Facebook Comments