काठमाडौं । नेकपा एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमालेभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेका छन् ।
कलंकीमा रहेको एक पार्टी प्यालेसमा भएको भेलाले यस्तो निर्णय गरेको हो ।
“हामी हाम्रो संसदीय दलको बैठकमा जान्छौँ,” नेता झलनाथ खनालले भने । अर्का नेता सुरेन्द्र पाण्डेका अनुसार सबै सदस्य बैठकमा सहभागी हुने निर्णय भएको छ ।
नेता रघुजी पन्तले एमालेमै रहेर संघर्ष गर्ने र विधि पद्धतीमा पार्टीलाई ल्याउने बताएका थिए ।












Facebook Comments