सुनको भाउ घट्यो

काठमाडौं । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ ।

सोमबार ८७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook Comments