काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पुन: भष्मासुरसँग तुलना गरेका छन्।
सोमवार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओलीले अनेक छल गरेर सबैलाई त्राहिमाम पार्ने उल्लेख गर्दै नयाँ रणनीतिको खोजी गरेका हुन्।
डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई हटाउन नयाँ रणनीति आवश्यक रहेको समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले कलीयुगमा छल गरेको आरोप लगाउदै अध्यक्ष भट्टराईले सबैलाई त्राहि बनाएको टिप्पणी गरेका छन्।
उनको ट्वीट यस्तो छ-
‘मिथकहरूबाट प्रेरणा लिने हो हुबहु उही दोहोर्याउने हैन ! भष्मासुरलाई जसले वरदान दिएको हो उसले (शिवले)वरदान फिर्ता लिनुसट्टा अर्काले (बिष्णुले)छल गरेर वध गरेका थिए भन्दैमा अहिले कलीयुगमा पनि त्यही दोहोर्याउन खोज्दा उल्टै भष्मासुरले छल गरेर सबैलाई त्राहिमाम पार्ने भो, ‘बाबुरामले भनेका छन्, ‘नयॅा रणनीति चाहियो !’




Facebook Comments