काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोपको अभाव भइरहँदा चीन सरकारले अनुदान सहयोगमा नेपाललाई दिएको कोरोनाविरुद्धको खोप भने उतै थन्किएको छ ।
चीन सरकारले चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित ८ लाख डोज खोप अनुदान दिने घोषणा गरेपनि नेपालकै खर्चमा खोप ल्याउनुपर्ने भएकाले बेइजिङमै थन्किएको हो । यता, खोप अभाव हुँदा नेपालमा कोरोनाविरुद्धको खोप अभियान नै स्थगित गर्नु परेको छ ।
चीन सरकारले पहिलो पटक ३ लाख डोज खोप अनुदान दिने घोषणा गरेपछि परराष्ट्र मन्त्रालयसँगको संवादपछि चीनले पछि थप ५ लाख डोज खोप दिने घोषणा गरेको स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका प्रमुख डा. भीमसिंह तिंकरी बताउँछन् । तर, चीनले अनुदानमा दिएको खोप आपत्कालीन प्रयोगका लागि खोप ल्याउने भनिए पनि अझै ती खोप बेइजिङको स्टोरमा थन्केर बसेको छ ।












Facebook Comments