काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले एमालेमा गएका आफ्ना सांसदहरुलाई कारबाही गर्ने बताइएको छ।
नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रामबहादुर थाप, टोपबहादुर रायमाझी, मणि थापा, लेखराज भट्ट, प्रभु साहलगायतलाई एमालेको केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।
शनिबार बसेको माओवादी केन्द्रको बैठकले आफ्ना सांसद तथा नेतालाई पार्टीमा फर्किन २४ घन्टे अल्टिमेटम दिएको थियो। सोहीअनुसार ती नेताहरुलाई आज कारबाही गरिने जानकारी दिइएको छ।