‘केपी प्रवृत्तिविरुद्ध जेल जान पनि तयार, मर्न पनि तयार’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बताएका छन् ।

स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लेखिएको १९ पेजको डकुमेन्टमा पनि आफूले केपी प्रवृत्तिविरुद्ध जेल जान र मर्न तयार रहेको बताएको स्मरण गरेका छन् ।

गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त पारिएको भन्दै उनले भने, ‘व्याटल जित्यौं, वार जितेका छैनौं ।’

आफूलाई पूर्वलडाकु लगायत कार्यकर्ताहरुले आवश्यक परे जनयुद्ध लड्न फेरि तयार रहेको बताउने गरेको भन्दै प्रचण्डले शन्तिपूर्ण आन्दोलन हुने बताए ।

प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शान्तिपूर्ण तवरबाट अघि बढ्ने भन्दै उनले देशव्यापी रुपमा कार्यकर्ताहरुको भेला गर्ने जानकारी दिए ।

Facebook Comments