आफू पक्षीय स्थायी कमिटी सदस्यसँग माधव नेपालको छलफल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको भेला कोटेश्वरमा सुरु भएको छ। नेपाल निवासमा सुरु भएको भेलामा एमालेमा अपनाउने रणनीतिका विषयमा छलफल हुने बताएको छ।

बुधबार नेता नेपालले अर्याल होटलमा केन्द्रीय सदस्यहरुलाई बोलाएर छलफल गरेका थिए। बिहीबार आफ्नो पक्षका १३ जना स्थायी कमिटी सदस्यहरुलाई बोलाएर नेता नेपालले छलफल गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले बताए।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पेल्ने देखिएपछि नेपाल पक्ष रणनीति बनाउन तयारीमा लागेको हो। तत्काल स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्नुपर्ने नेपाल पक्षमा आवाज उठेको छ।

पार्टीभित्र देखिएका समस्याका विषयमा कमिटीभित्र छलफल गर्नुपर्ने उनीहरुको भनाइ छ। नेपाल पक्षले ओलीसँग बैठकको माग गर्नेछ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.