सम्बन्धविच्छेदबारे मनिषा कोइरालाले भनेकी थिइन्, ‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’

हरेक व्यक्तिले आफ्नो सुखी वैवाहिक जीवनको कल्पना गर्ने गर्छन् । विवाह अघि कसैलाई पनि थाहा हुँदैन कि उनीहरुको सम्बन्ध कति दिन, कति महिना वा कति वर्षसम्म चल्दैछ । दुई व्यक्ति जब सँगै हुन्छन् तब उनीहरुले आफ्नो जीवन रथलाई सही तरिकाले चलाउने कोसिस गर्ने गर्छन् । तर रथ जहिले पनि सन्तुलित तरिकाले चल्छ भन्ने ग्यारेन्टी हुँदैन ।

सुरुवातमा जो पार्टनर राम्रो लाग्छ, उसँग समस्याको सिलसिला त्यतिबेला सुरु हुन थाल्छ जब गृहस्थ जीवनका जिम्मेवारीले आफ्नो खुट्टा पसार्न थाल्छ । त्यतिबेला मानिसहरुलाई लाग्छ कि उनीहरु विवाहित जीवनका लागि बनेका होइनन् । ९० की दशककी बलिउडकी निकै चर्चित अभिनेत्री मनिषा कोइराला पनि ती मध्ये एक हुन् जसको वैवाहिक सम्बन्ध टुटेको छ । उनले आफ्नो मनको ढोकालाई यसरी बन्द गरिदिएकी छिन् कि उनी अहिले पनि एक्लो जीवन बाँचिरहेकी छिन् ।

मनिषा कोइरालाले सन् २०१० जून १९ मा नेपालका व्यापारी सम्राट दाहालसँग विवाह गरेकी थिइन् । उनीहरुको विवाह दुई वर्ष पनि टिक्न सकेन । विवाहको केही समयपछि नै मनिषा र उनका श्रीमान्को खटपट हुन थालेको थियो । विवाहको ६ महिनापछि नै मनिषाले सोसल नेटवर्किङ साइट फेसबुकमा उनको सबैभन्दा ठूलो दुश्मन उनका श्रीमान् भएको र आफू उनीसँग बस्न नचाहेको लेखेकी थिइन् । यतिमात्रै होइन, दुई वर्षको विवाहमा उनीहरुबीचको मतभेद यदि बढ्यो कि उनीहरुले तत्काल आफ्नो विवाह समाप्त गर्ने बारे निर्णय गरे । यद्यपि, आफ्नो टुटेको विवाहमा मनिषाले एक अन्तरवार्तामा सम्बन्धविच्छेदका लागि उनी आफू नै जिम्मेवार भएको बताएकी छिन् ।

‘मेरो भाग्यमा कुनै पुरुषको प्रेम छैन’
आफ्नो सम्बन्धविच्छेदबारे कुरा गर्दै मनिषाले भनेकी थिइन्, ‘मेरो विवाहको विषयमा भिन्न विचार थियो । म विवाह गर्न चाहन्थेँ र विवाहित जीवनमा रहँदा मलाई थाहा भयो कि म यसका लागि बनेकी होइन । यदि तपाईं एक खराब सम्बन्धमा हुनुहुन्छ भने तपाईं अलग्गिनु नै राम्रो हुन्छ । मेरो मनमा सम्राटप्रति कुनै तित्तता छैन । म हतारमा विवाह गरेकोमा आफैंलाई जिम्मेवार मान्छु । यो पूर्ण रुपमा मेरो गल्ती हो ।’

यतिमात्रै होइन, सन् २०१२ मा सम्बन्धविच्छेद पछि मनिषाको स्वास्थ्य लगातार खस्कन थालेको थियो । पछि उनलाई क्यान्सर भएको पत्ता लाग्यो । यद्यपि, उपचारपश्चात् मनिषा पूर्ण रुपमा ठिक भइसकेकी छिन् । तर विवाह टुटेपनि उनलाई यसले पूर्ण रुपमा छोड्न सकेको छैन । उनले एकपटक भनेकी थिइन्, ‘मेरो विवाह टुट्दा म पूर्ण रुपमा टुटेकी थिएँ । त्यसपछि मलाई क्यान्सर भएको थाहा भयो । प्रेम मेरो भाग्यमा छैन । कुनै गलत सम्बन्धमा हुनुको साटो यो तितो सत्यलाई स्विकार गरुँ ।’

‘म अब कुनै पनि व्यक्तिलाई आफूलाई दुःखी गर्नका लागि अनुमति दिने छैन ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.