गगन थापाले भने-नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले कुनै पनि समूहलाई समर्थन गर्दैन

File Photo

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले नेकपाको विवाद नटुंगिएसम्म कांग्रेसले कुनै पनि समूहलाई संसदमा समर्थन नगर्ने बताएका छन् ।

हिजो शनिवार सिन्धुलीको तीन पाटन गाउँपालिका समितिले आयोजना गरेको आमसभालाई सम्बोधन गर्ने क्रममा युवा नेता थापाले नेकपाको ओली र प्रचण्ड–नेपाल समूहभित्रको आधिकारिकता स्पष्ट नभएसम्म कुनै पनि पक्षसँग संवाद नगर्ने बताएका हुन् ।

‘झण्डै दुई तिहाई बहुमत प्राप्त नेकपा लोभ र लालसका कारण फुटको संघारमा पुगे पनि तत्काल पुटि सकेको छैन । एकै ठाउँ जुटी पनि सकेको छैन । यस्तो अवस्थामा नेपाली कांग्रेस तत्काल सरकारमा जाने अवस्था पनि आउँदैन । कुनै एक समूहलाई समर्थन पनि गर्दैन,’ उनले भने ।

आगामी २३ गते सांसद आह्वान भएको सन्दर्भमा सांसदमा नेकपाको आधिकारिकताबारे टुङ्गो भएपछि मात्र कांग्रेसले कुन समूहलाई समर्थन गर्ने भन्ने टुङ्गो लगाउने थापाले बताए ।

‘जनताले कांग्रेसलाई पाँच वर्षसम्म सरकार चलाउने म्यानडेट दिएको छैनन् । नेकपाले पाँच वर्षसम्म सरकार चलाउने क्षमता पनि राखेन । अब कांग्रेस दुईतिहाई बहुमतसहित आगामी निर्वाचनबाट सरकारको नेतृत्व गर्ने म्याण्डेट लिएर मात्र सरकारमा जान्छ,’ उनले थपे ।
प्रधानमन्त्रीले देश र कार्यकर्तामाथि गद्धारी गरेको उनको टिप्पणी छ । थापाले नेपाली कांग्रेको महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने जिकिर गर्दै महाधिवेशमा जुट्न नेता कार्यकर्तालाई आह्वान समेत गरे ।

Facebook Comments