एजेन्सी । चीनले गएको वर्ष गलवान घाटीमा भारतीय सैनिकसँग भएको झडपमा आफ्नो ४ सैनिक मात्र मारिएको केही दिन अघि स्वीकारेको थियो।
चीनले यस विषयको खुलासा ८ महिनापछि गरेको हो। तर अधिकांश सञ्चार माध्यमसँग चीनले धेरै कम संख्यामा सैनिक मारिएको जानकारी सेयर गरेको थियो। यो विषयमा प्रश्न उठाउने आफ्नै देशका तीन पत्रकारलाई चीनले पक्राउ गरेको छ।
पक्राउ परेकाहरु मध्ये ३८ वर्षीय किउ जिमिंग पनि छन। उनी इकनॉमिक ऑब्जर्वरको साथमा काम गरिसकेका छन। चीनले सैनिक मारिएको संख्या रिलिज गरेको केही समय पछि उनलाई पक्राउ गरिएको हो। किउमाथि आरोप लागेको छ की उनले सैनिक मारिएको संख्या माथि प्रश्न उठाएर सेनाले दिएको शहादतको अपमान गरेका छन्
यसअघि शुक्रबार चीनले आधिकारिक रुपमा उक्त सैनिक मारिएको संख्या सार्वजनिक गरेको थियो। चीनले भनेको थियो,‘झडपमा ४ सैनिकको ज्यान गएको थियो भने एक सैनिकको पछि मृत्यु भएको थियो।’
गएको वर्ष जुन १५ मा चीन र भारतको सेनाबिच पूर्वी लद्दाखमा झडप भएको थियो। जसमा भारतीय सेनाका २० जवान शहीद भएकf थिए। त्यसबेला चीनले कुनै पनि संख्या सार्वजनिक गरेको थिएन। तर अधिकांश सञ्चार माध्यमका अनुसार चीनमा पनि ४० देखि ५० सैनिक मारिएका थिए। चीनले ८ महिनापछि उक्त झडपमा सैनिक मारिएको संख्या त सार्वजनिक गर्यो तर मात्र ४ देखायो।












Facebook Comments