काठमाडौं । नेपाल प्रहरीका १ सय २१ जना प्रहरी जवानहरु प्रहरी हवल्दारमा बढुवा सिफारिस भएका छन्।
प्राविधिक समूह अन्तर्गत विभिन्न उप–समूहतर्फ रिक्त रहेका १ सय २१ प्रहरी जवानलाई हवल्दारमा बढुवा गरेको बढुवा समितिका सदस्य-सचिव एवम् प्रहरी नायव निरीक्षक सुभाष चन्द्र नेपालले जानकारी दिए।
सोमबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवाको सिफारिस गरेको हाे ।












Facebook Comments