अभिव्यक्ति स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्छौं : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रेस स्वतन्त्रता तथा वाक स्वतन्त्रतालाई असर नपर्ने गरी सामाजिक सञ्जाल नियमन गर्ने निर्देशिका ल्याइने बताएका छन् ।

मन्त्रालयद्वारा आज आयोजित दोलखाली पत्रकारसँगको अन्तक्रिया कार्यक्रममा उनले सामाजिक सञ्जालबाट दैनिकजसो विभिन्न किसिमका अपराधजन्य क्रियाकलाप बढ्दै गएकाले निर्देशिका ल्याउन लागेको बताए । साथै निर्देशिकाले अभिव्यक्ति स्वतन्त्रतालाई कुनै पनि असर नपार्ने उनले स्पष्ट पारेका छन् ।

‘सामाजिक सञ्जाललाई व्यवस्थित गर्नका लागि निर्देशिका ल्याउने तयारी मात्र गरेको हो, सरोकारवालापक्षसँग छलफल गरेर मात्र यसलाई अन्तिम रुप दिने हो’, मन्त्री गुरुङले भने ‘प्रचलित कानूनअनुसार नेपालमा दर्ता गरेर मात्र सामाजिक सञ्जाल चलाउने व्यवस्था होस भन्ने उद्देश्य हो ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.