ओलीसँग डराएर निर्णय नगर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगलाई नेपाली जनतालाई हेप्ने गल्ती नगर्न चेतावनी दिएका छन् ।

बुधबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको प्रतिनिधिसभा विघटनविरुद्धको विशाल विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले नेकपा पार्टी विवादमा निर्णय गर्दा प्रधामन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग डराएर नेपाली जनतालाई हेप्ने गल्ती नगर्न आयोगलाई चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले मंगलबार आयोगमा पुगेर धम्क्याएको र त्यसैको भरमा निर्णय गर्ने गल्ती नगर्न प्रचण्डले आयोगलाई चेतावनी दिएका हुन् ।

‘केपी ओलीले गएर धम्क्याउँदा मात्र त्यसलाई ठूलो मान्ने गल्ती निर्वाचन आयोगले गर्नु हुँदैन । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ । अढाई सय वर्ष पुरानो सामन्ती शासन फाल्ने जनता यिनै हुन् । यो सत्य कुरा हो । यही हो जित । खेलाची कसैले नठाने हुन्छ’, प्रचण्डले भने, ‘संवैधानिक निकायमा पुगेका मान्छेले खेलाची ठाने देश र जनताले दुःख पाउँछन् ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.