ओलीको तमासा हेरेर बस्दैनौँ : माधव नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली सरकारका गलत कदमविरुद्ध सडक संघर्ष जारी राख्ने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहले शुक्रबार सानेपामा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रतिगमनविरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताए ।

प्रधानमन्त्री ओलीको गलत कदमविरुद्ध चुप लागेर नबस्ने बताए । ‘‘केपी ओलीले जे–जे गर्छन्, तमासा हेरेर बस्नेवाला छैनौँ,’’ उनले भने, ‘हामी उनको असंवैधानिक कदमका विरुद्धमा, प्रतिनिधिसभा विघटनको विरुद्धमा निरन्तर सडक आन्दोलनमा छौँ ।’’

उनले आफूहरुले यही माघ २८ गते बृहत् विरोध कार्यक्रम गर्न लागेको जानकारी दिए ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.