नेकपा विवादबारे स्वेतपत्र जारी गर्ने प्रचण्ड-नेपाल समूहकाे घाेषणा

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहका अध्यक्ष ‘प्रचण्ड’ले पार्टीको विवादबारे स्वेतपत्र जारी गर्न लागेको बताएका छन्। शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताए।

‘यो पार्टीभित्रको मात्रै विवाद होइन। यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं,’ प्रचण्डले भने, ‘अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्? उनीहरू कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्।’

उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्‍यालीजस्तै भएको बताए। ‘२०४६ सालको आसपासमा लाखौं सडकमा आएर समेत पञ्च र्‍याली भएका थिए। त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं,’ उनले भने। संवैधानिक नियुक्ति अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको प्रचण्डले भनाइ छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.