यूएईले विदेशी नागरिकहरुलाई पनि नागरिकता दिने, को–को छन् प्राथमिकतामा?

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)ले विदेशी नागरिकलाई पनि नागरिकता प्रदान गर्ने भएको छ। विशिष्ट प्रतिभा भएका विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन।

शनिबार यूएईका शासक तथा प्रधानमन्त्री शेख महम्मद बिन रशीद अल मकतुमले सञ्चारकर्मीसंगको कुराकानीमा नागरिकतासम्बन्धी कानून संशोधन गरेर यस्तो व्यवस्था गर्न लागेको बताएका हुन्।

उनले विशिष्ट प्रतिभा भएका लगानीकर्ता, लेखक, इन्जिनियर वैज्ञानिक, चिकित्सक, कलाकार तथा उनीहरूको परिवारलाई नागरिकता प्रदान गर्ने व्यवस्था नयाँ संशोधनमा गरिएको बताए।

यूएई सरकारका अनुसार विदेशी नागरिकले खाडीका देशका लागि योगदान दिन अझै उत्कृष्ट कार्य गर्न सकुन् र यूएई देशको चौतर्फी विकास एवं उन्नतिमा टेवा पुगोस भनेर सो कानुन ल्याएको हो। साथै, नागरिक बन्ने योग्यता राख्ने सक्षम विदेशी व्यक्तिको सूचीमा लगानीकर्ता, चिकित्सक, ईन्जिनियर, कलाकारहरुलाई राखिएको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.