कांग्रेसद्वारा संसद विघटनविरुद्ध थप आन्दोलनको घोषणा

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । निर्वाचन क्षेत्र र स्थानीय तहकेन्द्रित विरोध प्रर्दशन गरिसकेको कांग्रेसले अब माघ १९, २४ र ३० गते सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले १९ गते भातृसंस्थाहरुले, २४ गते शुभेच्छुक संस्थाहरुले र ३० गते जिल्ला कार्यसमितिहरुले सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र आफूहरु सुरुदेखि नै विरोधमा रहेको बताउँदै थप विरोध कार्यक्रम घोषणा गरेको बताए । जारी बैठकमा कांग्रेसको महाधिवेशनदेखि प्रदेशसहितको अन्य एजेन्डाबारे छलफल जारी रहेको प्रवक्ता शर्माले बताए ।

केन्द्रीय समिति बैठकले अधिवेशन हुन नसकेर कार्यसमितिको म्याद समाप्त भएका भातृसंगठनको म्याद ६ महिनाका लागि थप्ने निर्णय पनि गरेको छ । साथै बैठकले सोमबार नागरिक समाजले गरेको आन्दोलनमा सरकारका तर्फबाट भएको दमनको भर्त्सना गरेको छ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.