संसद पुन:स्थापनाबारे अदालतलाई धम्की नदिन प्रधानमन्त्री ओलीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहलाई संसद पुनःस्थापनाबारे अदालतलाई धम्की नदिन चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौंको बबरमहलमा आयोजित पेशागत कार्यकर्ता भेलामा बोल्दै ओलीले आज प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनलाई सामान्य भनेका छन् ।

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनेर २३ गते देखाउने उनको भनाइ थियो । प्रचण्ड–नेपाल समूहले आयोजना गरेको सभालाई खिसिट्युरी गर्दै केपी ओलीले भने ‘खुट्टी देखेरै पत्याइयो ।’

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.