परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण : सीमा विवादबारे छलफल नगर्ने भारतको संकेत

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा भोलिदेखि नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठक सुरू हुँदैछ । बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार भारत पुगीसकेका छन् ।

परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेको केही घन्टामा भारतीय विदेश मन्त्रालयले एक पत्रकार सम्मेलनको आयोजना गरेर नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा छलफल हुने विषका बारेमा सामान्य जानकारी गराइएको थियो ।

तर पत्रकार सम्मेलनमा प्रवक्ता अनुराज श्रीवास्तवले सीमासम्बन्धी विषयमा छलफल नहुने संकेत गरेका हुन् । पत्रकार सम्मेलनमा उनलाई बैठकमा सीमा विवादबारे कुराकानी हुन्छ रु भनी सोधिएको थियो । जवाफमा उनले भने,‘सीमा विवादको बारेमा हाम्रो पोजिसन स्पष्ट छ । जेसीएम ९संयुक्त आयोग० र बाउन्ड्री वार्ता दुई पृथक संयन्त्र हुन् ।’

भारतले कालापानी र सुस्ताको विषयमा वार्ता गर्नका लागि सन् २०१४ मा दुई देशका परराष्ट्र सचिव स्तरीय संयन्त्रको गठन भएको र त्यसैले छलफल गर्ने बताउँदै आएको छ । त्यसैले उसले अहिले परराष्ट्रमन्त्रीले अध्यक्षता गर्ने आयोगको वैठकमा यसलाई एजेण्डा बताउन नहुने बताउँदै आएको छ । तर नेपालले भने भारतले नेपाली भूभाग समेटेर नयाँ नक्सा जारी गरेपछि विवाद नयाँ चरणमा प्रवेश गरेको भन्दै राजनीतिक तहमा वार्ता गर्नुपर्ने बताउँदै आएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.