विपी प्रतिष्ठानमा ‘ठग’ ठेकेदार पुरस्कृत

धरान। विपी प्रतिष्ठानका ठग ठेकेदारलाई पुरस्कृत गरिन लागिएको छ। विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका औषधि तथा सामग्रीको आपूर्तिकर्ता गर्ग इेम्पेक्स प्रालिले गत महिना दिएको २०० लिटर स्प्रिट नक्कली निस्किएर स्टोरले फिर्ता पठाए पनि सो प्रालिलाई कालोसूचीमा नराखेको कारण डाक्टरहरुले विरोध जनाएका छन् ।

वर्षौँदेखि प्रतिष्ठानभित्र कर्मचारी र पदाधिकारीहरुलाई कब्जामा लिएर औषधि तथा सामग्रीहरुको आपूर्तिको एकलौटी ठेक्का पाउँदै आएको छ ।

यसपटक सो प्रालिले चार हजार लिटर स्प्रिट दिनुपर्नेमा पहिलो आपूर्तिमै मिसावट गरिएको स्प्रिट दिएपछि प्रतिष्ठानका डाक्टरहरुले विरोध गरेका थिए ।

तर उपकुलपति तथा अस्पताल निर्देशकले उनलाई कारवाही गर्नुको सट्टा कोभिड–१९ अस्पतालको लागि चाहिने ३ करोडको सामान आपूर्ति गर्ने ठेक्का दिएर पुरस्कृत गर्न लागेकामा प्रतिष्ष्ठानका डाक्टर कर्मचारीहरु रुष्ट बन्न पुगेका छन् । दृष्‍टि साप्ताहिकबाट

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.