प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दैछ। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ ।

बैठकमा दोस्रो चरणको आन्दोलनबारे छलफल हुने प्रवक्ता श्रेष्ठकाे भनाइ छ । प्रचण्ड-नेपाल पक्षले आन्दोलन परिचालनका लागि प्रवक्ता श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ।

शनिबार प्रचण्ड-नेपाल समूहले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको थियो। यो समूहले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको हो।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.